अछाममा निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार

471

लाल बहादुर विक
चैत १६,
अछाम । अछामका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले आशन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा योजना तयार सोही अनुसार अघि बढेको बताएका छन् ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि समेत जिल्ला प्रशाशनले जिल्ला सुरक्षा योजना बनाएको भन्दै निर्वाचनमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि रोक्न सुरक्षा संयन्त्र तयार रहेको जानकारी दिए ।
उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफ्ना सबै संयत्र तयार रहेका बताए । शान्ति सुरक्षा, जनताको जीउ धनको सुरक्षा र अमन चयन गराउनु जिल्ला प्रशाशनको प्रमुख दायित्व भएको भन्दै यसका लागि आफु तयार रहेको बताए । निर्वाचनमा असर हुने विभिन्न गतिविधि रोक्नुपर्ने भन्दै निर्वाचनका लागि चुनाव प्रचार प्रसारको क्रममा विभिन्न राजनीतिक दल र तीनका भातृ संगठनका वीच हुन सक्ने विवाद र घटनालाई मध्येनजर गर्दै दलले गर्ने राजनीतिक कार्यक्रमको बारेमा ४८ घण्टा पहिले स्थानीय प्रशाशनमा जानकारी गराउनुपर्ने र कार्यक्रम एकै ठाउँमा जुध्ने गरी समय नदिईने प्रमुख जिल्ला अधिकारी विष्टले बताए । हालै सरुवा भएर अछाम आउनु भएका प्रमुख जिल्ला अधिकारी बिष्टले जिल्लाको विकास निर्माणमा समेत सम्बन्धित सरोकारवालालाई घच्घचाउने, सचेत पार्ने, सहजीकरण तथा समन्वय गर्ने लगायतका कार्य गरिरहेको प्रजिअ विष्टको भनाई छ ।
स्थानीय तहको पुर्नसंरचना भएपछि अब नगर र गाउँपालिका भएका बताउँदै स्थानीय स्तरमै सेवा र अधिकार पाईने भएकोले त्यसको भरपुर उपयोग गर्न आव्हान गर्दै कर्मचारीको व्यवस्थापन हुने बताए ।