अछाममा टोलटोलमा एमाले

1058

चैत १६,
अछाम ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले आफ्ना गतिविधि तीब्र पारेको छ । एमालेको चार महिने जनपरिचालन तथा संगठन सुदृढीकरण अभियानमा अछामका गाउँ गाउँमा पुगिसकेको एमालेले अब चुनावलाई लक्षित गर्दै कार्यक्रम गरिरहेको छ । जस अनुसार नेकपा एमाले बान्नीगढि गाउपालिका वडानम्बर ६ दर्नाको विस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष शेर बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ७का सदस्य कमलराज तिमिल्सेना रहनु भएको थियो । यस्तै अन्य अतिथीहरुमा जिल्ला कमिटी सदस्य गणेश सुनार, नवराज साउँद जिल्ला सल्लाहकार सदस्य हिक्मत ठकुल्ला, डबल ठकुल्ला, क्षेत्रिय सदस्य पुर्ण सेट्टी, रतन तामाङ्ग, पुर्ण जोशि, अनेरा स्ववियु जिल्ला अध्यक्ष तिलक ठकूल्ला, ईलाका अध्यक्ष तरुण खड्का अखिल नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष लाल कामी, पुर्व क्ष्ेत्रिय कमिटी सदस्य धन बहादुर रावत,मोति धामी, अछाम काठमाडाँै सम्पर्क मञ्चका सदस्य पंकज शाह, अनेरास्ववियु जिल्ला सदस्य सुन्दर ठकुल्ला, पुर्व ईलाकाल अध्यक्ष मोहन ताम्राकार, पुर्व युवा संघ अञ्चल सदस्य एकेन्द्र ठकुल्ला लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो । झंकर टमट्टाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र शाहले गर्नु भएको थियो । पञ्चदेवल विनायक नगरपालिका साबिकको कुईका गाउँ कमिटि वडा नम्बर ५ मा टोल स्तरीय कार्यक्रम गरिएको छ । पदमराज तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिएमाले जिल्ला सचिवालय सदस्य कटक साउँद रहनु भएको थियो । प्रमुख अतिथि साउँदले एमाले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई बहुमत दिन आव्हान गर्दै एमाले जनताका जनजीविकाका सवाल अघि बढाउने पार्टी भएको बताउनु भयो । उहाँले कांग्रेस र माओवादीका कारणले देशमा संविधान संशोधनको रडाको मच्चाएको बताउनु भयो । कार्यक्रममा पदमराज तिमिल्सैनाको अध्यक्षतामा ९ सदस्यीय टोलकमिटि गठन गरिएको छ । यस्तै जलुदेवि बजगाईको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ, सुरेश तिमिल्सैनाको अध्यक्षतामा ९ सदस्यीय युवा संघ, लोग बहादुर विकको अध्यक्षतामा ९ सदस्यीय जातीय उत्पीडित मुक्ति समाज गठन गरिएको हो । कार्यक्रममा एमाले जिल्ला सदस्य नन्दसिंह चलाउने, सत्यराज तिमिल्सैन, क्षेत्रीय राजेन्द्र नेपाली, नगरकमिटि सचिव दीर्घप्रसाद तिमिल्सैना, वडा कमिटि सचिव भानुभक्त तिमिल्सैना लगायतको उपस्थिति रहेको थियो । उताः नेकपा एमाले गाउँ कमिटी नन्देगडाको सचिवालय बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष टंक बुढाको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरण्ड भट्टराई रहनुभएको थियो । बैठकमा कार्यकर्तालाई निर्देशन दिदै भट्टराईले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा एमालेलाई जिताउनका लागि आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गरेका छन । मुलुकको आर्थिक सम्बृद्धि र नेपालको मानव बिकास सुचकांक बिद्धी गर्न एमालेलाई जिताउनु अहिलेको आवश्यकता भएको उनको दावी छ । बैठकमा जिल्ला कमिटी सदस्य प्रेम महर बिशिष्ट अतिथी रहेका थिए ।
नुभएको थियो । त्यस्तै बैठकमा पार्टीका क्षेत्रिय कमिटी सदस्य देवबहादुर साउँद सहित स्थानीय नेताहरु ईन्द्रबहादुर बुढा, नरबहादुर साउँद, गंगा खत्री, नृप बुढा लगायत अतिथीको समेत उपस्थिती रहेको थियो । एमाले नन्देगडाका सक्रिय कार्यकर्ता ७० बर्षिय भीम साउँदको दुःखद निधन प्रति सोक प्र्रस्ताव पारित गर्दै बैठकले मृतात्माको चिर शान्तीको कामना सहित सोकाकुल परिवाजनमा समबेदना व्यक्त गर्ने निर्णय समेत गरेको छ ।