पुरुष भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक

324

चैत १५,
काठमाडौं । माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।
नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको खेलमा नेपाल १६–२५, २३–२५ र २०–२५ अङ्कले पराजित भएको हो ।
प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै नेपाल, कीर्गिस्तान र टुर्किमिनास्तानको सहभागिता रहेको छ । यसअघि नेपालले माल्दिभ्सलाई हराएको थियो । कीर्गिस्तान र ताजिकिस्तानले सेन्ट्रल जोन उपाधिका लागि बिहिबार खेल्नेछन् ।
नेपालले चार दशकदेखि अन्तर्राष्टिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । तर पुरुष भलिबल टोलीले पहिलोपटक पदक जितेको मालेमा रहनुभएका भलिबल प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए ।