नेविसंघका नेताको ढुङ्गाले हानेर हत्या

391

चैत १५,
जाजरकोट । जाजरकोटमा आज एक जना युवाको ढुङ्गाले हानेर निर्मत तरिकाले हत्या भएको छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत भेरीमालिका–३ का रवीन्द्र शाहको अपरिचित समूहले हत्या गरेको छ । शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच÷छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । यता नेविसंघले अज्ञात समुहद्वारा हत्याको खबरले अत्यन्तै दुःखद भएको भन्दै हत्याराको छिटो पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।