३ नं प्रदेशमा काठमाडौंमा सबैभन्दा बढी ४७ र नुवाकोटमा सबैभन्दा कम ९ दल

287

चैत्र ८, काठमाण्डौं ।
३ न प्रदेशका १३ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी काठमाण्डौं जिल्लामा ४७ राजनीतिक दलले दल दर्ता गराएका छन् भने सबैभन्दा कम रसुवामा ९ दल मात्र रहेका छन् । संसदमा चौथो ठूलो दल राप्रपाले समेत रसुवामा दल दर्ता गराएन ।
काठमाण्डौं पछि क्रमश भक्तपुरमा ३५, ललितपुर ३४, काभ्रे २५, चिलवन २४, मकवानपुर २२, नुवाकोट २१, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली २० र धादिङ्मा १६ पार्टीले दलगत हैसियतमा गाउँपालिका तथा नगरपालिका निर्वाचनमा भाग लिन पाउनेछन् । दल दर्ता गर्न छुट भएका पार्टीहरुले स्वतन्त्र हैसियतमा निर्वाचन लड्नु पर्ने हुन्छ ।