चर्चित एप्स ‘हाम्रो पात्रो’ अब आईप्याड र एप्पलवाचमा

362

फागुन १२
काठमाडौ । चर्चित एप्स ‘हाम्रो पात्रो’ नयाँ आकर्षण र विशेषतासहित सार्वजनिक भएको छ । जसले एप्स प्रयोगकर्ताहरुलाई सहज बनाएको यसका संस्थापकहरुले बताएका छन् ।
नयाँ र केही फरक अनुभूति प्रदान गर्ने प्रयासस्वरुप ‘हाम्रो पात्रो’ iOS -Version 4=2=14 मार्फत ल्याइएको हो । अपडेटले आइफोनका ‘हाम्रो पात्रो’ प्रयोगकर्ताहरूले फरक अनुभव प्रदान गर्ने संस्थापक शंकर उप्रेतीले बताए ।
संस्थापक तथा निर्माता उप्रेतिका अनुसार यो अपडेट मुख्यतः आफ्ना प्रयोगकर्ताहरूलाई एप्लिकेशन प्रयोगका क्रममा एउटा फरक अनुभूति दिन सकोस भन्ने रहेको छ । जसले अझैँ छिटो सेवा समेत दिने छ । प्रयोगकर्ताहरूको प्रत्यक्ष, अप्रत्यक्ष सुझाव र प्रतिक्रियाहरूका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हो जनाइएको छ । यसलाई क्अचयिि गर्दा टण् ँचबmभरक्भअ को गतिमा स्क्रिन तलमाथि सर्छ,जसलाई प्रयोगकर्ताले स्तरीय अनुभव लिनसक्ने बताइएको छ ।
यसबाहेक हाम्रो पात्रोको अपडेटले आईप्याड लाई विशेष प्राथमिकतामा राखेको छ ।आइप्याड प्रयोगकर्ताहरूलाई हाम्रो पात्रो प्रयोगको राम्रो अनुभवका लागि एप्लिकेशनको मूल विशेषतासहित ताजा समाचारलाई एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ, जुन डिजाइनवाइज आकर्षक देखिन्छ । ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटि सहितका अनलाईन रेडियोहरू Android मा भएका सुविधाहरूलाई समेटेको छ ।