नारायणगढ- मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन निषेध

311

चैत ८,
काठमाडौं । सडक विस्तार कार्यलाई तीव्रता दिन नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ । चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो । हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।
सडकमा सवारी चलेका बेला सवारी विग्रेर वा अन्य कुनै कारणवाट सडक अवरोध हटाउन रामनगर, सेतिदोभान, नौकिलो र मुग्लीनमा एक(एक वटा लोडर चौविसै घण्टा स्ट्यन्डवाईमा राख्ने निर्णय पनि गरेको छ ।
धुलो उडेको र खाल्डाखुल्डी परेका कारण यात्रुलाई असुविधा भएको र सवारी दुर्घटना समेत हुन सक्ने भएकोले ठेकेदार कम्पनिले दैनिक कम्तिमा ४ पटक ९विहान ७बजे, दिउँसो ४ः३० बजे, साँझ ८ र राती १० बजे ० सडकमा पर्याप्त मात्रामा पानी राख्ने र धुलो नउड्ने वातावरण मिलाउने निर्णय गरेको छ ।
सडक कटिङ्ग गरेको ठाँउमा पहिरो र्झन सक्ने भएकोले प्रत्येक दिन कटिङ्गको कार्य समाप्त भएपछि स्लोप निकाल्ने र पहिरो नझर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । खाना खान बाहेकको समयमा कुनै पनि सवारी सडक छेउमा पार्किङ्ग गर्न नदिइने भएको छ ।
सडकमा पानी राखेरनराखेको र खाल्डा खुल्डी पुरे नपुरेको र दुवै तर्फबाट सवारी आवत-जावत भएरनभएको अनुगनम गर्न नारायणगढ मुग्लीन सडक खण्डमा रहेका नेपाल प्रहरीका पोष्टलाई अधिकतम परिचालन गर्ने निर्णएय पनि भएको छ ।