अधिकारको नाममा अर्कैको कुरा गरेर राजनीति गर्न खोजियो: नेपाल

273

चैत्र ८, काठमाण्डौं ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधानले महिला दलित मधेशी जनजाती सबैलाई समान अधिकार दिएको उल्लेख गर्दै जसले जनतालाई अधिकार दिएको छैन भन्ने गर्दछन् तीनिहरुले अधिकारको नाममा अर्कैको कुरा गरेर राजनीति गर्न खोजिएको बताएका छन् । मधेशी मोर्चा तर्फ संकेत गर्दै एमालेद्वारा संचालित मेची महाकाली अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको यस्तो भनाइ आएको हो । नेता नेपालले एमालेको मेची महाकाली अभियानले राष्ट्रलाई एकताको सुत्रमा जोडेको वताए । ‘एमालेको अभियानबाट जनतामा अपूर्व उत्साह जागेको पायौं । सामाजिक सद्भाव कायम गर्न, संविधानमाथिको भ्रम चिर्न र हिमाल पहाड र तराईलाई सद्भावमा जोड्न यसले ठूलो भूमिका खेलेको छ’ उनले भने, ‘हामीले हाम्रा विचार जनताका बीचमा राख्यौं, अधिकार पाइएन भन्नेलाई तथ्य लिएर आउनुस् भन्यौं ।’ नेता नेपालले एमालेले संक्रमणकालको ब्यवस्थापन गरी आर्थिक समृद्धि र रोजगारीको बाटोमा देशलाई लौजान खोजेको वताए ।