एनसेलको फ्री ट्विटर र विकिपिडिया सेवा बन्द हुने

373

चैत ७,
काठमाडौं । एनसेलले लामो समयदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।
एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार ट्विटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।
‘हामीले झण्डै साढे २ वर्ष यो सेवा दियौं ‘ शर्माले भने ‘ग्राहकले एनसेलप्रति देखाउनुभएको अटल विश्वाशप्रति हामी आभार पनि प्रकट गर्छौं ।’
एनसेलले २०१४ देखि नै फ्री ट्विटर सेवा दिँदै आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ । फेसबुकसँगको सहकार्यमा सुरु भएको सेवा लोकप्रिय हुँदै गएको छ ।