Monday, September 28, 2026
Home Uncategorized बैंकको सेवा विस्तारबारे छलफल

बैंकको सेवा विस्तारबारे छलफल

238

माघ ११,
बुटवल। राष्ट्रिय वाणिज्य बैंक ५२ वर्षमा प्रवेश गरेको अवसरमा बैंकको बुटवल शाखाले स्थानीय सेवाग्राहीसँग सेवा विस्तारलगायत विषयमा छलफल गरेको छ ।
कार्यक्रममा सहभागि वक्ताले बैंकको सेवा प्रवाहलाई अझ बढी सरल र ग्राहकमैत्री बनाउन सुझाव दिएका छन् । बैंकको बुटवल पाल्पारोडस्थित आफ्नो जग्गामा सुविधासम्पन्न अत्याधुनिक भवन बनाई त्यहीबाट बैंकिङ सेवा दिन समेत वक्ताले आग्रह गरेका छन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल कसजू, यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख चेतप्रसाद उप्रेती, सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य बाबुराम खनाल, उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष निर्मल लाकौललगायतले बैंकलाई उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन सुझाव दिएका थिए ।