प्रदुषणले एक वर्षमा विश्मा सत्र लाख बालबालिकाको मृत्यु

279

फागुन २५,
एजेन्सी । पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ । वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर अवस्थालाई जनाउछ । बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, हृदयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाई छ । प्रदूषित वातावरण विषेशगरी साना बालबालिकाका लागि निकै घातक हुन्छ, डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा भनिएको छ ।