रारा आउने पर्यटकलाई गाउँमै बास

172

चैत २९,
मुगु । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह ९डाँफे होटल० र अर्को पाहुना घर९भिलेज हेरिटेज रिसोर्ट०ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ । रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास ९होमस्टे०सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो । प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् ।