महालक्ष्मी नगरपालिकाद्वारा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह

53

चैत ५, ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको कारण आमजनमानसमा त्रास बढिरहेका बेला नगरपालिका क्षेत्रमा सञ्चातिल व्यवसायिहरुलाई अत्यावश्यक वस्तुको आपूर्ति र विक्री वितरण सहज गर्न आग्रह गरेको छ । औषधी र औषधीजन्य पदार्थ, खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियमा पदार्थको आपूर्ति सहज गर्न नगरपालिकाले सबै सरोकारवालाई आग्रह गरेको हो ।
नगरपालिकाले गर्ने अनुगमनका क्रममा अनुचित नाफा कमाउने उद्देश्यले औषधी एवं औषधीजन्य पदार्थ लगायतका अत्यावश्यक समाग्रीको कृत्रिम अभाव सिर्जना नगर्न नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, गुणस्त्तरीय हिन सामाग्री वितरण गर्ने, कालो बजारी गर्ने तथा दैनिक उभोग्य सामाग्री तोकिएको मूल्य भन्दा बढि मूल्यमा विक्री वितरण गरिएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने नगरप्रमुख रामेश्वर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ । नगरपालिकाले उपभोक्तालाई उपभोग्य वस्तुको अनावश्यक भण्डारन नगर्न समेत आग्रह गरेको छ ।