Friday, September 25, 2026
Home Uncategorized के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

261

बिकाश लामा
(नेविसंघका तर्फबाट स्ववियुमा अध्यक्ष पदका प्रत्यासी थापाथली क्याम्पस)
थापाथली इन्जिनिरिङ जस्तो ख्याती प्राप्त क्याम्पसको स्ववियु अध्क्षय पदमा उम्मेदवारी दिनु भएको छ, संगठनका हिसाबले के कस्ता एजेण्डा अघि सार्नु भएको छ ?
८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन हुदैंछ तसर्थ नेविसंघले यस विचमा रहेका कमिकमजोरी र त्रुटीलाई हटाएर अगाडी बढ्न सक्ने गरि एजेण्डा अगाडी सारेको छ । यस अवधिमा विद्यार्थीहरुले भोगेका समस्या समाधान गर्नेगरि नविसंघ अघि बढेको छ ।
थापाथली क्याम्पस प्राविधिक क्याम्पस भएकाले यस कलेजसंग सम्बन्धीत एजेण्डालाई नै हामीले प्रखुता दिएका छौं । हाम्रो क्याम्पसमा नियमित र पूर्ण शुल्क विद्यार्थी छन् । नियमितको एउटा सेमेस्टरमा ४ हजारमा सकिन्छ भने पूर्ण शुल्क विद्यार्थीको लगभग ४० हजार लाग्छ । हामीले प्रमुख एजेण्डाको रुपमा आफ्नो फ्याक्ल्टी टप गर्ने फुल फि विद्यार्थीको लागि फि रिफन्ड गर्नु पर्ने विषय अगाडी सारेका छौ । फयाक्ल्टी टप गर्नेलाई स्कलरसिपको व्यवस्था गरेका छौ । दोस्रो इन्जिनेरिङ क्याम्पसमा पहिलो वर्षमा एउटै कोर्स हुन्छ तर आओएमले लगाएको विषयमा समस्या छ । जस्तै कुनै विद्यार्थी पहिलो वर्षमा सिभिलमा नाम निकालेर पढ्न थाल्यो तर एकदुई महिनपछि विभिन्न कारणले पढाई छाड्यो र सो ठाउँ खाली भयो त्यस्तो अवस्थामा अन्य फ्याकल्टी जस्तै इलेक्ट्रोनिकमा भर्ना भएको विद्यार्थी जो सिभिलमा नपाएर गएको हुन्छ त्यसले पढ्न पाउनु पर्दछ । खाली भएको र ¥याड्ढ अनुसार भ्याउनेले पढ्न पाउनु पर्छ ।