के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

272

अजय घलान (नेविसंघबाट थापाथली क्याम्पसको स्ववियू सचिवको प्रत्यासी )
तपाईले क्याम्पसमा सुधार गर्नु पर्ने कुराहरु के के देख्नु हुन्छ ?
यो क्याम्पसमा २०६८ देखि डिप्लोमा आर्किटेक्चरमा पढ्दा देखि हल सम्म देखेको भोगेको समस्याहरु थुप्रै छन् । समस्यै समस्यै देखिन्छ । सबै क्षेत्रमा समस्याहरु छन। कतिपय फ्याकल्टीमा फोटोकपी बाँढेर पढाउने, राम्रो सङ्ग नपढाउने, प्राध्यपकहरुले राम्ररी नपढाउदा विद्यार्थीहरुलाई ध्यान नदिँदाको बखतमा हामीले नेविसङ्घको तर्फ बाट आवाज उठाउँदै आएका छौँ। विद्यार्थीहरुको तर्फबाट खबरदारी गर्दै आएका छौँ । भूकम्प पछिको भौतिक समरचनाको अवस्था नाजुक छ । त्यता तर्फ कलेज प्रशासनको ध्यान जान जरुरी छ । हामी प्राविधिक तर्फका विद्यार्थीहरुलाई पहिलो कुरा पढाइ र त्यसका लागि उपयुक्त वातावरण नै प्रमुख विषय हो जुन हाम्रो कलेजमा भइरहेको छैन । चुनाव जसले जिते पनि विद्यार्थीहरुलाई हक हित सुरक्षित हुने र शैक्षिक वातावरण सृजना गराउनु पर्दछ । यस अघिको स्ववियू नेतृत्वबाट त्यो अवस्था बन्न सकेन आगामी नेतृत्वमा त्यसमा ध्यान दिनु पर्दछ । त्यसैको लागि पनि स्ववियू सचिवमा मेरो उम्मेदवारी हो ।
विद्यार्थी साथीहरु तथा मतदाताहरुलाई के भन्न चाहनु हुन्छ ?
जो यस कलेजमा अध्यनरत हुनु हुन्छ सवै विद्यार्थी साथीहरुले कलेजका समस्या भोग्नु भएकै छ र पहिलो वर्षमा भर्ना भएका विद्यार्थी साथीहरुलाइ सबै कुरा थाहा नहुन सक्छ । कतिपय झुटा आश्वासन दिएका हुन सक्छ । झुटो साँचो के हो छुट्याएर विवेक पुर्याएर मतदान गर्नुहोला र तपाईहरुले गर्नुभएको मतदानले भोलिको स्ववियू नेतृत्व चयन हुँदैछ, क्याम्पसलाई कस्तो बनाउने त्यो तपाईहरुकै हातमा छ । त्यसैले सक्षम र सुझबुझपूर्ण स्ववियू नेतृत्व चयन गर्न नेविसङ्घको प्यानललाई मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।