Friday, September 25, 2026
Home Uncategorized भ्यान मजदुर व्यवसायी समितिको अधिवेशन फागुन २० मा

भ्यान मजदुर व्यवसायी समितिको अधिवेशन फागुन २० मा

370

कालिमाटी तरकारी बजारका कृषिजन्य उपजहरु ढुवानी गर्दै आएको कालिमाटी तरकारी तथा फलफूल ढुवानी भ्यान मजदुर व्यवसायी समितिको चौथो अधिवेशन यहि फागुन २० गते काठमाडौको चोभारमा हुने भएको छ । नेपाल यतायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालबाट उद्घाटन हुने कार्यक्रममा समितिका १ सय ५ जना सदस्य सहित अन्य विभिन्न सङ्घ समितिका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष पदम बहादुर लामाले बताए । अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम समेत रहेको छ ।