एजेन्सी । होटेलमा समोसा, जेरी, रोटीजस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएकै होला रु तर सावधान १ यसरी पत्रिकामा पोको पारेर राखिने पकवानहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ । हालै भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्राधिकरणले एक एडभाइजरी जारी गरेको छ, जसमा भनिएको छ कि( पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको प्रयोग गरिएको छ, जुन खानेकुरामा टाँसिएर हाम्रो शरीरभित्र प्रवेश गर्दछन् अनि हाम्रो स्वास्थ्यलाई बिगार्दछन् । खासगरी पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ । यस्ता रसायनहरु शरीरमा प्रवेश गर्दा रक्त तथा फोक्सोको क्यान्सरको समस्या पैदा गर्दछन् । पत्रिकाको मसीमा हानिकारक रसायन हुन्छन्, जसले शरीरमा हर्मोनलाई असन्तुलित बनाउँछ । जसकारण विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा हुन्छन् । पत्रिकाको मसीमा डिससोबुटिल थ्यालेट नामक रसायन पाइन्छ, जसले अपचको गम्भीर समस्या पैदा गर्दछन् । पत्रिकामा प्रयोग गरिने मसीमा हुने कतिपय रसायनले महिलाहरुमा प्रजजन सम्बन्धी समस्या पैदा गर्दछ । मसीमा हुने कतिपय रसायनले शरीरको रोगप्रतिरोधक क्षमता घटाउँदछ । जसले शरीरको रोगसँग लड्ने क्षमता कम हुन्छ । एजेन्सी