यौन दुर्व्यवहारको आरोपमा महरा पक्राउ

244

फागुन १७,
सिरहा । सिरहाको लहान नगरपालिका अन्तर्गत ग्रामीण क्षेत्रकी १३ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । लहान १२ का २५ वर्षीय विनोद महरालाई यौन दुव्र्यवहारको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरिएको हो ।
गत शुक्रबार अपरान्ह महराले किशोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै किशोरीकी परिवारले इलाका प्रहरी कार्यालय लहानमा आइतबार लिखित जाहेरी दिएपछि अनुसन्धानका लागि आरोपीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पीडित किशोरीको त्यही दिन लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
यौन दुव्र्यवहारमा परेकी भनिएकी किशोरी र आरोपी निर्माण मजदूरको काम सँगै काम गर्थे ।