कसरी लाग्यो सानोठिमी क्याम्पसमा आगो ?

867

फागुन १७,
भक्तपुर । बुधबार बिहानबाट धेरै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने पक्का भएसंगै मुलुकका धेरै शैक्षिक संस्थाहरुमा अराजक गतिविधिले प्रशय पाएको छ ।
भक्तपुरस्थित सानोठिमी क्याम्पसका प्रमुखको कार्यकक्षमा गएराती आगो लागि भएको छ ।
आगोलागिबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । तर, स्ववियु चुनाव भने नरोकिने क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लागेको भएतापनि निर्वाचनसँग सम्वन्धी सबै कागजात सुरक्षित रहेकाले भोली हुने स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिएका छन् ।
आगलागीको घटना प्रति विद्यार्थी संगठनहरुले एक अर्कालाई अरोप लगाएदैं आएका छन् ।
यता महानगरिय प्रहरीले वृत ठिमीका प्रहरी नायब उपरिक्षक श्यामबाबु ओलीयाले आगो लागेको हो वा लगाइएको बारेमा अनुसन्धान भइरहेको बताए ।
ओलीया भने ‘हामी अनुसन्धान गर्दै छौ केही समयमा सत्यतथ्य सार्वजनिक गर्छौ ’ ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानल बनाइएको छ । यसैगरी एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव)ले संयुक्त गठवन्धन बनाएको छ ।
सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्काको नेतृत्वमा नेविसंघसहितको संयुक्त प्यानल दर्ता भएको छ ।
एमाले निकट अनेरास्ववियुका लालबहादुर रोकायाको नेतृत्वमा विप्लव निकट क्रान्तिकारी सहितको संयुक्त गठवन्धन दर्ता भएको छ ।
यता आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको अखिल क्रान्तिकारी (प्रचण्ड)का केन्द्रिय सदस्य रामप्रसाद ढकालले आरोप लगाएका छन् ।
एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्याम सुन्दर बस्नेतले अनेरास्ववियु र सिंगो एमालेको बदनाम गरिएको भन्दै उक्त आरोपको खण्डन गरेका छन् ।