राप्रपा एकताको भोलिपल्टै कडा विज्ञप्ती

596

nprppकाठमाडौं । दुई राप्रपाको एकता भएसँगै सर्वधर्म समभाव हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डा विलिन हुन पुगेको दाबी केशरबहादुर विष्टले गरेका छन् । तत्कालिन राप्रपा नेपालको कारबाहीमा परेसँगै एकीकृत राष्ट्रवादी शक्ति निमार्ण अभियान चलाउँदै आएका उनले अब आफूहरुले यसलाई सशक्त ढंगले अघि बढाउने बताए । अभियानको तर्फबाट विष्टले मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टीका निति, सिद्धान्त र आदर्शलाई पूर्णत परित्याग गर्दै राप्रपा नेपाल गणतन्त्र संघीययता र धर्म निरपेक्षताको वैधानिक आर्दश बोकेको राष्ट्रीय प्रजातन्त्र पार्टीमा विलय भएकोले उसको अस्तित्व समाप्त भएको उल्लेख गरेका छन् । विज्ञप्तीमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डामा आस्था राख्ने ब्यक्ति, संघ संस्था , समुह र दलहरुलाई एकिकृत राष्ट्रवादी शक्तिमा सामेल र संलग्न हुन आह्वान समेत गरिएको छ । दुई राप्रपाबीच सोमबार एकताको घोषणा भएको थियो ।