भकुन्डेबेसीमा मेरो पैसा खोईको धमाधम छायांकन

287

काभ्रे । बलिउड निर्देशक विवेक शर्मा छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर भारत हिडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’को निर्देशन गरिरहेका छन् ।
काठमाण्डौ भन्दा केहिपर भकुन्डेबेसीमा यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र वुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए । ‘मेरो पैसा खोई’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै कथामा निर्देशन गरिरहेका थिए । तर, एकाएक उनले १६ दिन खिचिएका दृश्य सबै डिलेट गरेर हिडेपछि रोज आफै निर्देशनमा तम्सिएका हुन् । रोजले भने अहिले हामीले मौनता श्रेष्ठले लेखेको कथामा चलचित्र बनाइरहेका छौ । चलचित्रको शिर्षक पनि कथासँग मेल खाएपछि ‘मेरो पैसा खोई’ नै राखिएको हो ।’ नायिका बर्षा राउत चलचित्रको सुटिङ फेरि गर्नु परेपनि उत्साहित देखिइन् । सौगात मल्ल, बर्षा राउत, रविन तामाङ, वुद्धि तामाङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत, हरि लामा घलेको छायांकन यो चलचित्रमा छ ।