रुकुममा तरुल खन्दा बम भेटीयो

247

फागुन १७,
रुकुम । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पारेका छन् । प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला
फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार सेनाले निष्क्रीय पारेको छ । बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चारजनाको बम डिस्पोजल टोली सोमबार घटनास्थलमा पुगेको थियो । टोलीले शुक्रबार फेला परेका दुईवटा सकेट बम जमिनबाट निकालेर उक्त ठाउँभन्दा केही पर लगेर पड्काएर डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । उक्त बम माओवादी युद्धको समयमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । द्वन्द्वको क्रममा गाडिएका बम तथा अन्य हातहतियार रुकुममा बेलाबेलामा फेला पर्दै आएका छन् ।