दलितजागरण समाजले आरन निर्माण गर्ने

253

लालबहादुर विक ,
फागुन,१२ अछाम । दलित जागरण समाजले भाटाकाटिया गाविसका प्रत्येक वडाहरुमा एक एक आरन ब्यवसाय सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय यो ब्यबसाय प्रति दलित युवाहरुकोे मोह घट्दै गएको छ । यसलाई घरेलु उधोगको रुपमा सञ्चालन गरेर ब्याबसाय प्रतिको गलत सोच,धारणालाई कम गर्न यस्तो खालको कार्ययाजना ल्याईएको दलित जागरण समाज भाटाकाटियाका अध्यक्ष सुवाष वि.क ले जानकारि दिए ।
उयसलाई सामुहिक रुपमा सञ्चालन गरेर सबैलाई रोजगारको ब्यबस्था गर्ने पनि बताउनु भयो । अहिले पनि समाजमा खलो प्रथा कायमरहेको र यसलाई कम गरेर मुल्य निर्धारण गरि सबैको प्रिय पेशा बनाई ब्यबसाय सञ्चालन गरिने बताए । यसलाई सञ्चालन गर्न सबैलाई तालिमको ब्यबस्था पनि गरिने उनले बताए । यसलाई ब्यबस्थित र लाकप्रीय बनाउन चाँडो भन्दा चाँडो सबै आरन हरुलाई दर्ता प्रकृयामा ल्याई काम अगाडि बढाउनु पर्ने उनको भनाई छ ।