जुम्ल्याहा दिदीबहिनीको चाहाना साझा श्रीमान

343

एजेन्सी । दुरुस्त अनुहार भएका दुई जुम्ल्याहा दिदीबहिनी पाँच वर्षदेखि एउटै पुरुषसँग प्रेम गरिरहेका छन् । साझा प्रेमीसँग चाँडै बिहे गर्ने दुवैको तयारी छ । अष्ट्रेलियाको पर्थका ३० वर्षिया अन्ना र लुसी डेकिन्कले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाएका थिए । पछि दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारेका छन् । २४ सै घन्टा आपसमा नछुट्टनिे दिदीबहिनीले बायर्नसँग बेड सेयर पनि गरिसकेका छन् । दुवै जनालाई एकैसाथ मुड आउने हुँदा ओछ्यानमा डबल मज्जा लुट्ने गरेको उनीहरुको अनुभव छ । युट्यूवमा अपलोड गरिएको एउटा भिडियोमा उनीहरु एक साथ भन्छन्, ‘हामी दुवै उसलाई उत्तिकै माया गर्छौं । उ एउटा भाग्यमानी पुरुष हो । उसले डबल माया र केयर पाउँछ, अनि बदलामा ओछ्यानमा डबल उर्जा लगाउनुपर्छ ।’ त्रिकोणिय मायामा अहिलेसम्म कसैले एक(अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ ।
बिबाहको निम्ति उनीहरुले अमेरिकाको एरिजोनास्थिति टुक्सनको भ्रमण गर्ने योजना बनाएका छन् । एरिजोनाको संविधानले बहुविवाहलाई अनुमति दिँदैन तर कुनै दण्ड(सजाय पनि गर्दैन । दुवैलाई अहिल्यै बच्चाको चाहना छैन, तर दुवैले एकैसाथ गर्भवती हुने सोच राखेका छन् । अन्नाले भनिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिन्, किनभने हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं ।’