नेपालमै हिरासतबाटै थुनुवा फरार

208

फागुन ८,
बैतडी, । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् ।
फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ ।
प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन ।
विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् ।