एमालेले सस्तो लोकप्रियताको लागि अनावश्यक बखेडा झिक्यो

210

फागुन ८ । रसिला होमागाई
भक्तपुर । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा गलत प्रचार गरिरहेको बताए । सरकारले निर्वाचनको गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचनप्रति शंक नगर्न आग्रह गर्दै उनले निर्वाचन अनीवार्य भएकाले सरकारले जहिले पनि मिति घोषण गर्न अवस्थामा रहेको बताए ।
उनले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र संवाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन तहको निर्वाचन भइसक्ने दाबी गरेका छन् ।
उनले सरकार निर्वाचनको तयारीमा लागिपरेकाले जेठमा स्थानीय तहको निर्वाचन नहुनेमा शंका नगर्न सबैलाइए आग्रह गरेका छन् ।
उनले दोस्रो जनआन्दोलनमा एमालेको भूमिका सकारात्मक भएकाले निर्वाचन गर्ने सवालमा अनावश्यक बखेडा झिक्न नहुने बताए ।
एमाले प्रमुख प्रतिपक्षको नाताले सकारात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताए ।
फरक प्रसंगमा मन्त्री भण्डारीले मुलुकमा धार्मीक वन अतिक्रमण भइरहेकाले अतिक्रमणलाई रोक्न पहल गर्नुपर्ने बताए ।
देशभरी भइरहेको वन अतिक्रण रोक्न सरकारले विशेष रुपमा योजना बनाएर अगाडि बढिरहेको समेत उनले जानकारी दिएका छन् ।