पशुपतिप्रसादपछि दिपेन्द्रको धनपति

216

suraxya-khagendra-and-dipendra
निर्देशक दिपेन्द्र के खनालले फिल्म धनपतिको लागि अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्ध भएसँगै सम्पुर्ण कलाकार फाइनल भएको बताएका छन् । पछिल्लो बर्ष २०७२ को हिट फिल्म पशुपतिप्रसाद निर्माता निर्देशकको दोस्रो टिमअपमा बन्दै गरेको फिल्म ’धनपती’को कास्टिङ लाईनअप पुरा भएको छ । धनपती बन्दै गरेका अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा सुरक्षा अनुबन्ध भएसँगै अब फ्लोरमा जाने तयारी हुँदैछ’, निर्देशक खनालले भने, ’माघको पहिलो हप्ताबाट फ्लोरमा जाने फिल्म काठमाडौं र मध्य तराईका जिल्लामा छायाँकन हुनेछ ।’ दिवंगल निर्देशक आलोक नेम्वाङको फिल्म ’अझै पनि’ डेब्यू गर्ल सुरक्षाले पछिल्लो पटक ’सुस्केरा’ फिल्म गरेकी छिन् । धनपति’मा पशुपतिप्रसाद निर्माता, निर्देशक अनि लिड अभिनेता खगेन्द्रसँगै अभिनेता प्रकाश शर्मा दोहोरिनेछन् तर हनुमानजीको पात्रमा हिट रविन्द्रसिंह बानियाँ, भष्मे डन विपिन कार्की भने हुनेछैनन् । फिल्मको कथा तथा पटकथा खगेन्द्रकै हो । खगेन्द्र पत्नि रोजिना सिटौला निर्मात्री हुन् ।