पद्म कपको उपाधी आर्दश जनप्रेमीलाई

350

भक्तपुर । विद्यार्थीहरुलाई गुणस्तरीस्य शिक्षा प्रदान गर्दै आएको श्री पद्म उच्चमाविको ९३ औं तथा पद्म कलेजको सातौं वार्षिकउत्सवमा आयोजित पद्मकप भलिबलको उपाधी आर्दशजनप्रेमी उच्च माविले जितेको छ । उक्त प्रतियोगीतामा सैनिक आवसीय महाविद्यालय दोस्रो र आयोजक पदम उच्च मावि तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल टिमलाई क्रमशः १०, ६ र ३ हजार नगद साथै ट्रफी प्रदान गरीने आयोजक संस्था पद्म उच्च माविका प्राचार्य राम हाडाले जानकारी दिएका छन् । प्रतियोगीतामा बेस्ट प्लेयर, बल्कर, स्पाडर र सटर विधामा समेत खेलाडीहरुलाई पुरस्कृत गरीने हाडाले जानकारी दिएका छन् । बिजयी टिमलाई श्री पद्म उच्चमाविको ९३ औं तथा पद्म कलेजको सातौं वार्षिकउत्सवमा अवसरमा यहि मंसिर ८ गते हुने विशेष कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौड्ेलले पुरस्कृत गर्ने छन् ।