राप्रपा भक्तपुरकोे जिल्ला अध्यक्षमा कमल थापा निकट श्रेष्ठ निर्विरोध

421

माघ २५,
भक्तपुर । पार्टी एकिकरण भएको केही समयपछि सुरु भएको राप्रपाको गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनमा उहि राप्रपा र राप्रपा नेपाल बीचका नेताहरुको तिव प्रतिस्पर्धा हुने अवस्था भएको छ ।
सोमबार भक्तपुर जिल्ला अधिवेशनमा सन्र्दभमा भएको छलफलबाट कमल थापा निकट सांसद दिनेश श्रेष्ठ राप्रपा भक्तपुरको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
अन्य अधिवेशनमा भएको गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त जिल्लामा हुने संकेत देखिए पछि केन्द्रिय सहमहामन्त्री रविन्द्र प्रताप शाह र श्रेष्ठ निकट सबैको छलफलपछि उक्त निर्णय भएको एक नेताले बताए ।
भक्तपुरको दुई क्षेत्रीय अधिवेशनमा क्षेत्र न. १ं मा बच्चुराम पराजुली र २ नं मा नारायण थापा अध्यक्षको भएका छन् । जसमा पराजुली पशुपति शम्सेर पक्षधर र थापा कमल थापा पक्षधर रहेका छन् ।