प्रेमगीत सार्वजनिक……

393

काठमाडौं। सरस्वती पुजाको अवसर पारेर युबी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको ‘हावासँगै…’ बोलको प्रेमगीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका गायक तथा संगीतकार डिपी निरेसाको स्वर तथा संगीतमा तयार भएको गीत सार्वजनिक गरिएको हो । चलचित्र नाइट कुइनमा स्वर दिएर गायन यात्रा सुरु गरेका गायक तथा संगीतकार डिपी निरेसाले अहिले प्रदर्शन हुन लागेको चलचित्र बन्ठेमा पनि स्वर तथा संगीत दिएका छन् ।
‘हावासगैं…. ’बोलको गीत आउँदै गरेको भ्यालेनटाइन डे को प्रेम जोडीहरुलाई लक्षित गरेर निर्माण गरिएको गीत प्राप्ति राईले लेखेकी हुन् ।
युवा निर्देशक भोमन कटुवालको निर्देशनमा निर्माण भएको यो गीतको म्यूजिक भिडियोमा यनि कुँवर र गणेश अधिकारीले अभिनय गरेका छन् ।
यो गीतलाई जनक चौधरीले खिचेका हुन् भने अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । यो गीत प्रेमीहरुको गीत भएकोले आउँदै गरेको भ्यालेनटाइन जोडीहरुलाई लक्षित गरेर निर्माण गरिएको हो । त्यसैले यो गीतलाई दर्शक तथा स्रोताहरुले मन पराउने सदबर गीत रहेको गीतका निर्देशक भोमन कटुवल भन्छन् । https://www.youtube.com/watch?v=povXyAbcf5s&feature=youtu.be