कांग्रेस निर्वाचनपछि मात्र संशोधनको पक्षमा रहेको महामन्त्रीको खुलासा

262

माघ २४,
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र कांग्रेस संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ठ पारेका छन् ।
रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सकारले निर्णय गरेबमोजिम जेठ १० गते भित्र कुनै पनि हालतमा निर्वाचन हुने बताए ।
निर्वाचन नभए संविधान असफल हुने बताए ।े सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न असफल नसके संविधान पूर्ण रुपमा असफल उनको भनाई छ ।
कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै पार्टीका केहि नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए ।
संविधान संशोधन गर्न दुई तिहाई बहुमतको आवश्यक पर्ने भएकाले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको बताए ।
अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गराउँदै विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने उनको जिकिर छ ।
महामन्त्री कोइरालाले पाटी महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताउँदै छिटै पार्टी पदाधिकारीले पूर्णता पाउने बताए ।