Saturday, September 26, 2026
Home Uncategorized पूर्व राजा ज्ञानेन्द्रले फेरी विज्ञप्ति निकाले

पूर्व राजा ज्ञानेन्द्रले फेरी विज्ञप्ति निकाले

217

पुस २६
काठमाडौ । २९५ औं पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्दी त्यागेको एक दशक नवित्दै नेपाल नरहने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
आज मंगलबार शूभकामना शन्देश जारी गर्दै पुर्व राजा शाहले चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने काम भइरहेको भन्दै दलहरुप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन् ‘भौगोलिक एवं क्षेत्रीय अखण्डातामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।’
पुर्व राजा शाहले जारी गरेको शुभकामना सन्देशमा देश कसैको क्रिडास्थल नहुने र हून दिइनू हूंदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने आफ्नो धारणा रहेको बताएका छन् ।
यसअघि पनि पूर्वराजा शाहले पुस ६ गते दलहरुमाथि कटाक्ष गर्दै कडा विज्ञप्ति निकालेका थिए ।