माघ ११ ,
एजेन्सी । शाहरुख खान आफ्नो फिल्म ‘रईस’ को प्रोमोसनका लागि मुम्बईबाट दिल्लीको लागि रेलको यात्रामा निस्किए । उनीसँग सन्नी लियोन र फिल्मका निर्देशक राहुल ढोलकिया पनि थिए । यद्यपी, वडोदरा स्टेशनमा उनको यो यात्रा निकै हानिकारक साबित भयो । वास्तवमा यहाँ यी सेलिब्रिटी हेर्नका लागि भीड उर्लियो र यसलाई नियन्त्रण गर्नका लागि पुलिसले लाठीचार्जसमेत गर्नुपर्यो । यो क्रममा भागाभाग हुँदा फरिद खान नामका एक व्यक्तिको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।