‘नेपालीको एकतामा मात्रै देश अगाडी बढछ’

327

लालबहादुर विक
माघ १९,
अछाम । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रि भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडी बढ्न सक्ने बताए । नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताए । सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागिनै देशमा संघियता ल्याईएको उल्लेख गरे । नेपाली जनताले ७० वर्ष लगायर देशलाई यो अवस्थामा पुर्यायको भन्दै नेता रावलले सबैले, शिक्षा स्वास्थ्य र ईज्जत प्रतिष्ठालाई अगाडी बढाँउन पाउनुपर्ने उल्लेख बताए । जनताले आफनो अधिकारलाई राम्ररी उपयोग गर्न पाँउन भनेर नै देशमा संघीयता ल्याईएको भन्दै नेता रावलले केही दलले तराई पहाड मिल्नै नहुने कुरा गरेर आतंक मच्चाईरहेको आरोप लगाए । २ नम्वर प्रदेमा चुनाव हारेकाहरु ५ नम्वर प्रदेशमा आएर जनता भड्काईरहेको उनको भनाई थियो । अव सबै नेपाली एकजुट भएर नेपालको मुहार फेर्ने बेला भएको उपाध्यक्ष रावलको भनाई छ । संविधानको कुन धारा कुन ब्यावस्थाले कुन जनता र कुन समुदायलाई असर गर्यो काँग्रेस माओवादीले भन्न सक्नुपर्यो भन्दै रावलले प्रश्न समेत गरे । नेपालमा महिलाहरु पनि राष्टपति, सभामुख र प्रधानन्यायधिस भएको स्मरण गर्दै नेता रावलले यस्तो ब्यावस्था संसारको कुनैपनि देशमा नभएको बताए । नेपालको संविधान कााग्रेस एमाले र माओवादी मिलेरै ल्यायको संविधान कार्यान्वयन पनि सबै मिलेरै गर्नसकिने नेता रावलको भनाई थियो । नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को क्षेत्रीय कार्यकर्ता भेला सम्पनन भएको छ ।