पर्यटन बोर्डमा जागीर खुल्यो

237

काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो । खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासीरजनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष सम्मले आवेदन दिन सक्नेछन् ।