गर्भपतन गरेपछि हुने सम्भावित खतरा यस्तो

368

एजेन्सी– गर्भपतन शारिरिक र मानसिक रुपमा पीडादायी विषय हो । समयक्रमसँगै घाउ निको भए पनि गर्भपतनले दीर्घकालिन रुपमा शारीरिक तथा मानसिक अशर गर्छ । गर्भपतनपछि महिलाको शरिरमा व्यापक परिवर्तन हुन्छ । कतिपय अवस्थामा संक्रमण र अपूर्ण गर्भपतन हुने गर्छ जसको अशर दीर्धकालिन रुपमा हुन्छ । गर्भपतनपछि हुने सम्भावित खतराहरु यस प्रकार छन् ।
अत्यधिक रक्तश्राब
त्यसो त गर्भपतन गर्ने सबै महिलाहरुको अत्यधिक रक्तश्राब हुदैन, तर अधिकांशमा यस्तो समस्या देखिन्छ । गर्भपतनपछि केही रगत , रगतको ढिक्का,फोहर रगत बग्नुलाई समान्य पनि मानिन्छ, तर लामो समयसम्म भने हुनुहुदैन । कुनै कुनै रक्तश्राब तीनदेखि चार सातासम्म हुन्छ । तर रक्तश्राब सामान्य हो वा थप औषधीमार्फत उपचार गर्नुपर्ने हो यस विषयमा सर्वप्रथम आफैले बिचार पुयाउनुपर्ने हुन्छ । एक दुई घन्टाको अन्तरालमा नै सरसरफाईका लागि प्रयोग हुने प्याड भिज्छ भने यसलाई सामान्य रक्तश्राब मान्न सकिन्छ । रक्तश्राबसँगै तपाईमा चक्कर लाग्ने, धमिलो देख्ने तथा धेरै मात्रामा रगतको ढिक्का देख्नुभएको छ भने गर्भपतनको क्रममा पाठेघरभित्र आन्तरिक रुपमा घाउ भएको हुन सक्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकको सहयोग लिनु पर्छ ।
माशंपेशीमा पीडा
गर्भपतन गर्नुअगाडि कोख ठूलो हुन्छ । तर गर्भपतनपछि विस्तारै यो सामान्य आकारमा आउँछ । जसका कारण मासिक र्धम अगाडि पेट र माशंपेशी दुखेजस्तै चरम पीडा हुन्छ । कतिपय अवस्थामा मासिक धर्मको भन्दा पनि बढी शारिरिक पीडा हुने , कम्मर दुख्ने, तल्लो पेटका नशाहरु दुख्ने गर्छ । गर्भपतन गरेको तेस्रो वा चौथो दिनपछि अधिकांश महिलाहरुमा यस्तो दुखाई बढी हुन्छ । पेन किलर, तातो झोल पर्दाथको सेवन र हट वाटर व्यागको प्रयोगले पनि यस्तो दुखाई न्यून गर्न सहयोग पुयाउछ । यी उपायले पनि शरिर दुखिरहन्छ भने तत्काल चिकित्सककहाँ पुगेर आफ्नो समस्या बताउनुपर्छ । अन्त्यधिक पीडासँगै रगतको ठूलो ठूलो ढिक्का पनि बगेको छ भने तपाईको गर्भपतन पूर्ण नहुन सक्छ । यसले कोखभित्र नै भ्रूणको केही मात्रा रहेको संकेत गर्छ ।
संक्रमण
यो कुरा याद गर्नुहोस की गर्भपतनपछि तपाईको पाठेघरको द्वार केही दिन अलिक खुला हुन्छ । जसका कारण संक्रमणको खतरा हुन्छ । संक्रमणबाट बच्न कटनयुक्त कपडा प्रयोग नर्गनुहोस र केही साता यौन सम्पर्क पनि नगर्नुहोस । त्यस्तै योनीमा प्रत्यक्ष पानीको छर्रा प्रयोग नगर्न र ट्युब बाथ पनि प्रयोग नगर्न चिकित्सकहरु सुझाब दिन्छन् । होशियार पुयाउदा पुयाउदै पनि तपाईमा संक्रमण भयो र पीडा रोकिएन भने गाइनोलोजिस्टको सल्लाह लिएर परीक्षण गर्नुहोस । यदि भ्रूणभित्रै संक्रमण भएको छ भने यस्तो संक्रमण गर्भ पतन गरेको दुई तीन दिनमै हुन्छ । जतिसक्दो छिटो संक्रमण पत्तो लागेमा एन्टीबायोटक औषधी खाएर तत्कालै समाधान गर्न सकिन्छ ।
ज्वरो
कतिपय अवस्थामा गर्भपतनपछि महिलामा तीव्र ज्वरो आउँछ । गर्भपतनपछि उच्च ज्वरो आएको छ भने शरिरभित्र संक्रमण भएको लक्षण हो । शरिरको तापक्रम १ सय चारभन्दा बढी छ र तल्लो पेट चरम रुपमा दुख्छ भने तपाईमा निश्चय नै संक्रमण भएको हो । तसर्थ ज्वरो आउनासाथ तत्काल चिकित्सककहाँ जानुपर्छ ।
निरन्तर गर्भधारणको लक्षण
गर्भपतनपछि पनि तपाईमा गर्भधारणको लक्षणले सताउछ । वाकवाकी र रिगंटा एक दुई दिनपछि हराए पनि तपाईको स्तन र अन्य शरिरको सम्वदेनशिल अंग अझै एक सातासम्म कोमल हुन्छ । पहिलो साता असामान्य रुपमा शरिर फुल्न पनि सक्छ र कम्तिमा पनि दुई साता शरिर कम्जोर हुन्छ । त्यस्तै मानसिक रुपमा पनि तपाई अझै आमा हुन लागेको भ्रम रहिरन्छ । यस्तो लक्षण एक साता वा त्यसपछि विस्तारै हराउदै जान्छ । तर समयमै चिकित्सकको परामर्श लिएमा ऊर्जा बढाउन सकिन्छ ।
डिप्रेसन
सुत्केरी हुनेवित्तिकै डिप्रेसन बढेजस्तै गर्भपतनपछि पनि तपाईलाई डिप्रेसनले सताउन थाल्छ । तसर्थ गर्भपतनपछि पनि निश्चिन्त भएर बस्नुपर्छ । शरीरलाई पूर्ण रुपमा आराम दिनुपर्छ ताकी तपाई वर्तमान अवस्थामा मात्र बाँच्न सक्नुहुन्छ । जहिले पनि सकरात्मक रुपमा सोच्नुपर्छ । डिप्रेसनले निकै सताउन थाल्यो भने मनोचिकित्सकको परामर्श लिन समेत नहिच्किचाउनुहोस ।