रक्सी खाएर श्रीमतीलाई गोली प्रहार

222

माघ ९,
हुम्ला । हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् । भरुवा बन्दुकको गोलीको छर्राले अनुहारमा लाग्दा बहिनी घाइते भएको दाइ हंश बुढाले बताउनुभयो । घाइते बाटुलीको दाइ लाल बहादुर बुढालाई गोली हान्दा उनलाई नलागी घरको भित्तामा लागेको थियो । भित्तामा लागेको गोलीको छर्रा लागेर बाटुली घाइते भएकी हुन् । गोली प्रहार गर्ने बाँचे बुढा फरार रहेको पिप्लागं प्रहरी चौकीले जनाएको छ । यस घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी कमलप्रसाद नेपालले आफू कहाँ केही खबर नआएको बताए ।