भारतमा रेल दुर्घटनामा २३ जनाको मृत्यु

208

माघ ९,
एजेन्सी। भारत आन्ध्रप्रदेशको विजयनगमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । हिराखण्ड एक्सप्रेसको रेल कुनेरी स्टेशननजिकै दुर्घटनामा परेको थियो । रेलको ८ वटा डिब्बा लिकबाट बाहिर गएको छ । दुर्घटनामा थुपै मानिस घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।