‘शिक्षा नियमावली कार्यान्वयनमा २७ अर्ब आवश्यक’

317

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली कार्यान्वयनमा ल्याउन थप २७ अर्ब रुपैयाँ रकम आवश्यक भएको बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पौडेलले अर्थ मन्त्रालयले थप स्रोत जुटाउन नसकेका कारण शिक्षा नियमावली आउनमा ढिलाइ भइरहेको बताएका हुन् । dhaniram_paudel-1शिक्षा क्षेत्रमा यो वर्ष एक खर्ब रुपैयाँ रकम विनियोजन भइसकेको छ । मन्त्री पौडेलले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको र उसले आवश्यक बजेट दिनसके शिक्षा नियमावली आउन समय नलाग्ने बताए । यस्तै, मन्त्री पौडेलले सबैको चित बुझाएर शिक्षा नियमावली ल्याउन नसकिने बताए । आठौं शिक्षा ऐन पारित भएको लामो समय भइसक्दा पनि शिक्षा नियमवाली भने आउन सकिरहेको छैन ।