राप्रपा भक्तपुरको अधिवेशनमा गणतन्त्रवादी र राजतन्त्रवादी बिच भिडन्त

413

माघ २०,
भक्तपुर । राप्रपा भक्तपुरकोे जिल्ला अधिवेशनमा गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त हुने संकेत देखिएको छ ।
यद्यपी अहिलेसम्म सम्पन्न राप्रपा भक्तपुरको ६ वटा नगरपालिकाको अधिवेशनमा भने अखण्ड नेपाल, हिन्दु राष्ट्र र राजतन्त्रवादीहरुको बहुमत स्पष्टै देखिएको छ ।
जसमा राप्रपा भक्तपुर नगरको अध्यक्षमा राजेन्द्रप्रसाद लाखा, मध्यपुर थिमी नगरको अध्यक्षमा भुवन बाग श्रेष्ठ, सूर्यविनायक नगरको अध्यक्षमा प्रविण ढुंगेल, अनन्तलिङ्गेश्वर नगरपालिकामा रामप्रसाद न्यौपाने, चाँगुनारायण नगरपालिकामा उमेश प्रधान र नगरकोट नगरपालिकामा धनबहादुर लामा निर्वाचित भएका छन् ।
अधिवेशन सम्पन्न भएको ६ वटा नगरपालिकाहरु मध्ये पाच वटामा अखण्ड नेपाल, हिन्दु राष्ट्र र राजतन्त्रवादी पक्षकाले जित हात पारेका छन् भने नगरकोट नगरपालिकाको अध्यक्षमा निर्वाचित लामा भने गणतन्त्रवादी पक्षधर रहेको स्रोतको भनाई रहेको छ ।
स्रोतका अनुसार सो नगरपालिकामा निर्वाचित अन्य पदाधिकारीहरुपनि आधीभन्दा बढि राजतन्त्रवादी पक्षधर रहेका छन् । जिल्लामा राजतन्त्रवादी पक्षहरुको नेतृत्व कमल थापा निकट सांसद तथा वर्तमान जिल्ला अध्यक्ष दिनेश श्रेष्ठ, अर्का नेता माधव खत्री, रामेश्वर थापा लगायतकाले गरेका छन् । श्रेष्ठ, खत्री र थापा कमल थापा निकट मानिन्छन् । उता गणतन्त्र पक्षधरहरुको नेतृत्व राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाह र रामशरण लामिछानेले गरेका छन् । शाह र लामिछाने पशुपति शम्सेर राणा निकट मानिन्छन् । राप्रपाको माघ २२ गते हुने भक्तपुरको दुई क्षेत्रीय अधिवेशनमा क्षेत्र न. १ं मा गणतन्त्रवादी पक्षबाट बच्चुराम पराजुली र राजतन्त्रवादी पक्षबाट श्यामप्रसाद नेपालको संम्भावना धेरै देखिएको राप्रपाका एक नेताले बताए ।
। यता २ मा गणतन्त्रवादी पक्षबाट उत्तम गिरी वा धर्म थापा र राजतन्त्रवादी पक्षबाट नारायण थापा अध्यक्षको उम्मेदवार हुने बुझिएको छ । जिल्लाको नेतृत्व लिन दुइपक्षका नेताहरु अहिले सक्रिय भएर लागेपनि जिल्ला अध्यक्षमा गणतन्त्रवादीहरुले रामशरण लामिछाने बाहेक उम्मेदवार दिने अरु नदेखिएको स्रोतको भनाई छ । यता राजतन्त्रवादीधर पक्षबाट वर्तमान अध्यक्ष एवं सांसद दिनेश श्रेष्ठ उम्मेदवार हुने संम्भावना बढि देखिएको राप्रपाका जिल्ला नेताहरुको भनाई छ । यसैगरी सम्पन्न नगर अधिवेशनमा निर्वाचित सदस्यहरु यसप्रकार रहेका छन् । भक्तपुर नगरपालिकामा विष्णुप्रसाद त्वानाबासु, राजेन्द्रप्रसाद नापित, रविकृष्ण श्रेष्ठ, राजाराम सैंजू, मालती श्रेष्ठ, श्यामगोविन्द फाँजू, धन शिल्पकार, रामभक्त पक्का, रत्ना त्वानाबासु, सुरेश कुटुव, मुकुन्द मारिखू, विद्या श्रेष्ठ, विहिन्द्र खाईजू, मजुन सुवाल, मुकेश बाटी रहेका छन् । यसैगरी मध्यपुर थिमी नगरबाट निर्वाचित हुने सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, नरगोविन्द शंखदेव, भरत कुमार श्रेष्ठ, नारायणकृष्ण प्रजापति, धनेश्वरी प्रजापति, चक्र प्रजापति, विकाश प्रजापति, अन्जन पौडेल, सलिम पुजारी, राजेन्द्र कुमार भासिक, कृष्णमान किला, सृष्टी सायँ श्रेष्ठ, लक्ष्मी बहादुर पोडे, रविन थापा, सरिता जयना र पदमहरि श्रेष्ठ रहेका छन् । त्यसैगरी सूर्यविनायक नगरपालिकामा दिनेश थापामगर, मुकुन्दप्रसाद लुईंटेल, गंगादेवी माक, भगवान थापा, विकेश ढुंगेल, रोजन राजथला, रामगोपाल नगरकोटी, विजया नगरकोटी, विष्णुबहादुर भण्डारी, रमेश बस्नेत, भुवन ढुंगेल, आशिष ढुंगेल, धु्रवबहादुर भण्डारी, धर्मदेवी थापा, रामहरि थापा, सिताराम सुकुभटु, सुरेन्द्र के.सी, रामेश्वर थापा, कृष्णबहादुर महत, डोलबहादुर कार्की र राकेश थापा रहेका छन् । त्यस्तै नगरकोट नगरपालिकाबाट रामशरण लामिछाने, केशव प्रसाद अधिकारी, जयबहादुर कार्की, महेन्द्रबहादुर खत्री, गोपाल प्रसाद तिमिल्सिना, शम्भु प्रसाद लामिछाने, काजु सिलवाल खत्री, राम कुमार दुलाल, विष्णुप्रसाद तिमिल्सिना, मञ्जु कार्की, दिनेश नेपाल, पवित्रा तिमिल्सिना र विजय तामाङ रहेका छन् । त्यस्तै अनन्तलिङ्गेश्वर नगरपालिकाबाट सुकन्या वाग्ले, शम्भुप्रसाद न्यौपाने, विदुर खड्का, राजेश थापा, सुधिर खड्का, शिव राउत, हरिशरण अधिकारी, मनोजकुमार खड्का, दिपेन्द्र राम रजौरा, अर्जुन पौडेल, सुरेन्द्र रजौरा, जोनी कार्की, स्वरुप थापामगर र केशवकुमार बस्नेत छन् भने चाँगुनारायण नगरपालिकाबाट यवती कार्की, राममणी न्यौपाने, भैरव थापा, रजनी खड्का, अर्जुनबहादुर थापा, विश्वराम खड्का, पर्शुराम अधिकारी, रामसुन्दर बुढाथोकी, ईश्वर प्रसाद दाहाल, प्रकाश कार्की, गणेशकुमार मल्ल ठकुरी, दिपक प्रधान, उमा खत्री, चन्द्रबहादुर भुजेल, कृष्णभक्त लागेजू र केशव प्रसाद लामिछाने निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक विकल श्रेष्ठले दिएको जानकारी अनुसार अब दुवै क्षेत्रको निर्वाचन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते गर्ने कार्यक्रम रहेको छ ।