नेपाल–भारत सीमा दुईदिन बन्द हुने

246

माघ ९,
बर्दिया । भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने भएको हो । चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामो नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको छ ।