Saturday, September 26, 2026
Home Uncategorized के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

364

अशोक यादब
संघीय समाजवादी विद्यार्थी फोरमको तर्फबाट स्ववियु सचिव पदका प्रत्यासी थापाथली क्याम्पस
के कस्ता एजेण्डा अघि सार्नु भएको छ ?
– कलेजमा भौतीक पूर्वाधारदेखि शैक्षिक वातावरण विद्यार्थीमैत्री छैन । विद्यार्थीहरुलाई उपयुक्त शैक्षिक वातावरण छैन । यो टेक्नीकल कलेज भएकाले ल्यावमा विद्यार्थीको रुचि अनुसारको जुनसुकै बेला गएर अनुसन्धान गर्न पाउने व्यवस्था हुनु पर्दछ । लाइबेरीको बाचनालय पनि पर्याप्त छैन । त्यस्तै होस्टल छात्रावासमा भौतीक पूर्वाधार राम्रो छैन् । त्यसको सरसफाई र मर्मत गर्नु पर्दछ । त्यस्तै कि तिर्दा १० दिनको भाडा समय दिने गरिन्छ । त्यो समय गरिव विद्यार्थीहरुलाई पुग्दैन । पैसा नहुदाँ विद्यार्थीलाई वैकल्पीक व्यवस्था कलेजलेनै गरिदिनु पर्दछ त्यो वातावरण बनाउनु पर्दछ । कलेजमा उपयुक्त शैक्षि वातावरण बनाउनु पर्दछ । प्राक्टीकललाई ग्राउण्डको व्यवस्था गर्नु पर्दछ । कुनै कार्यक्रम गर्न समेत ठाउँ छैन । त्यो व्यवस्था मिलाउन पर्दछ ।
कलेजका मतदाता विद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ?
-मतको राम्रो सदुपयोग हुनेगरि राम्रो संगठन र नेतृत्वलाई छानेर भोटिङ गर्नू होला । तपाइहरुको पूर्ण सहयोगको अपेक्षा गर्दछु ।