के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

351

अशोक यादब
संघीय समाजवादी विद्यार्थी फोरमको तर्फबाट स्ववियु सचिव पदका प्रत्यासी थापाथली क्याम्पस
के कस्ता एजेण्डा अघि सार्नु भएको छ ?
– कलेजमा भौतीक पूर्वाधारदेखि शैक्षिक वातावरण विद्यार्थीमैत्री छैन । विद्यार्थीहरुलाई उपयुक्त शैक्षिक वातावरण छैन । यो टेक्नीकल कलेज भएकाले ल्यावमा विद्यार्थीको रुचि अनुसारको जुनसुकै बेला गएर अनुसन्धान गर्न पाउने व्यवस्था हुनु पर्दछ । लाइबेरीको बाचनालय पनि पर्याप्त छैन । त्यस्तै होस्टल छात्रावासमा भौतीक पूर्वाधार राम्रो छैन् । त्यसको सरसफाई र मर्मत गर्नु पर्दछ । त्यस्तै कि तिर्दा १० दिनको भाडा समय दिने गरिन्छ । त्यो समय गरिव विद्यार्थीहरुलाई पुग्दैन । पैसा नहुदाँ विद्यार्थीलाई वैकल्पीक व्यवस्था कलेजलेनै गरिदिनु पर्दछ त्यो वातावरण बनाउनु पर्दछ । कलेजमा उपयुक्त शैक्षि वातावरण बनाउनु पर्दछ । प्राक्टीकललाई ग्राउण्डको व्यवस्था गर्नु पर्दछ । कुनै कार्यक्रम गर्न समेत ठाउँ छैन । त्यो व्यवस्था मिलाउन पर्दछ ।
कलेजका मतदाता विद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ?
-मतको राम्रो सदुपयोग हुनेगरि राम्रो संगठन र नेतृत्वलाई छानेर भोटिङ गर्नू होला । तपाइहरुको पूर्ण सहयोगको अपेक्षा गर्दछु ।