चिसो बढेपछि पठनपाठन बन्द

247

काठमाडौ । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि देशका विभिन्न जिल्लामा पठनपाठन बन्द भएका छन् । यथा रुकुमा सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिए । जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको छन् । रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।