एजेन्सी । भारतीय अभिनेता ओम पुरीको मृत्युकासम्बन्धमा छानबीन हुने भएको छ । ६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो । यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन । उनकोे घरका सहयोगीहरुले कोठामा लडेर टाउकोमा चोट लागेको बताएपछि हृदयघातका कारण मृत्यु नभएको खुलासा भएको हो । सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले भारतीय चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले नागरिकलाई दिने चौथो ठूलो सम्मान पद्यम श्रीबाट सम्मानसमेत गरेको थियो ।