इन्डोेनेसियामा शक्तिशाली भूकम्प

327

एजेन्सी । एशिसाली मुलुक इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार मंगलबार विहान २ बजेर १३ मिनेटमा भूकम्प सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ७.२ म्याग्निज्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाको छ । उता अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।