युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या

171

पुस ४,
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । दिउँसो करिव साढे ३ बजे गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । durga-tiwari-1तिवारीमाथि गतवर्ष पनि गोली प्रहार भएको थियो । गोली हान्ने व्यक्तिको भने पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिएको बताए ।प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुन पक्राउ परेका छन् ।
युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।