Saturday, October 17, 2026
Home Uncategorized पृथ्वी जयन्तीमा सरकारी विदा दिन राप्रपाको माग

पृथ्वी जयन्तीमा सरकारी विदा दिन राप्रपाको माग

222

पुस २५,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। संसद विशेष समयमा राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले पृथ्वी नारायण शाहले साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम गरेकाले उनको सम्मानमा पुस २७ गते विदा दिनुपर्ने बताइन्। साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम पृथ्वी नारायण शाहले सम्भव गराएको हुनाले उहाँको सम्मानमा पुस २७ मा विदा दिनुपर्छु संसदमा शाहीले भनिन्। उनले नेपाली नागरिक सार्वभौम सत्ता सम्पन्न हौं भन्ने पुष्टी गर्नका लागि पनि पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने बताइन्। आधुनिक नेपाल निर्माण उहाँकै कारण सम्भव भएको हो उनले भनिन् इतिहासको संरक्षणको निम्ति पुस २७ मा विदा दिनुपर्छ।