राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सत्यवतीलाई

278

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सञ्चालन भएको नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सत्यवती मा।वि।ले हात पारेको छ । उक्त प्रतियोगितामा एथलेटिक्स तर्फ सत्यवती मा।वि।का १३ जना खेलाडीले स्वर्ण पदक प्राप्त गरेका थिए भने ५ जनाले रजत पदक र ८ जनाले कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी छात्रा भलिबल र छात्र कबड्डीतर्फ प्रथम स्थान हासिल गरी थप १८ स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा भएका २६ खेलहरु मध्ये २३ खेलहरुमा सहभागिता जनाई विविध विधामा स्वर्ण, रजत र कास्य पदक सहित जम्मा २१५ अंक प्राप्त गरी भारी अन्तरमा समग्र जिल्ला प्रथम भई राष्ट्रपति रनिङ्गशिल्डको साथ प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार द्धारा पुरस्कृत भएको छ ।
साथै आगामि १७ गते सोमबारका दिन प्राप्त उपाधी र विजयी खेलाडीहरु सहित विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीद्धारा नगर परिक्रमा गने कार्यक्रम रहेको विद्यालयका प्रशासन सहायक हरिश्चन्द्र कोइरालाले जानकारी दिएका छन् ।