मूल्यबृद्धि फिर्ता लिन विप्लवको माग

160

biplaw
पुस ४,
काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगलले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल पेट्रोल र मट्टितेलमा समान साढे ४ रुपयाँ मूल्य बढाएको थियो । विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर संघर्ष गरिरहेको बेला अवैज्ञानिक ढंगले निगमले मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन् । उनले तत्काल मूल्यबद्धि फिर्ता नलिइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यसैबीच एमाले निकट युवासंघले पनि सोमबार दिउँसो मूल्यबृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गर्न लागेको छ ।