Thursday, October 1, 2026
Home Uncategorized मूल्यबृद्धि फिर्ता लिन विप्लवको माग

मूल्यबृद्धि फिर्ता लिन विप्लवको माग

166

biplaw
पुस ४,
काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगलले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल पेट्रोल र मट्टितेलमा समान साढे ४ रुपयाँ मूल्य बढाएको थियो । विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर संघर्ष गरिरहेको बेला अवैज्ञानिक ढंगले निगमले मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन् । उनले तत्काल मूल्यबद्धि फिर्ता नलिइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यसैबीच एमाले निकट युवासंघले पनि सोमबार दिउँसो मूल्यबृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गर्न लागेको छ ।