करिना कपुर आमा बनिन्

367

karian
पुस ५ ,
बलिउडकी चर्चित नायिका करिना कपुरका प्रशंसकको लागि खुसीको खबर छ । करिना कपुरले छोरालाई जन्म दिएकी छिन् । करिना कपुरले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अस्पतालमा उनीसँग श्रीमान् सेफ अली खान, सासू शर्मिला टेगोर, बहिनी करिष्मा कपुरसहित दुबै परिवारका सदस्यले थिए । समाचारलाई पुष्टि गर्दै करिनाका बुवा नायक रणधिर कपुरले आफूहरु निकै खुसी भएको बताउँदै बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो भएको जानकारी दिए । सेफ अली खान र करिना कपुर सन् २०१२ अक्टोबरमा प्रणयसूत्रमा बाँधिएका थिए ।